काठमाडौं । इजरायल–हमास युद्धका क्रममा हमासले बन्धक बनाएका विपिन जोशीलाई खोज्ने प्रयासमा रहेका उनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी नेपाल फर्किएका छन् ।
जोशीको अवस्था पत्ता लगाउन र रिहाइका लागि अन्तर्राष्ट्रिय दबाब सिर्जना गर्न अमेरिका पुगेका उनीहरू केहीबेरअघि कतार एअरवेजको विमानमार्फत नेपाल फर्किएका हुन् ।
जोशी जीवित नरहेको हमासले पुष्टि गरेपछि उनको परिवार रित्तो हात नेपाल फर्किएका हुन् ।
इजरायल र हमासबीच युद्धविरामको घोषणा भएपछि हमासले बन्धकहरूको अवस्था सार्वजनिक हुने क्रममा विपिन जोशी जीवित नभएको जानकारी दिएको थियो ।
युद्ध सुरु भएदेखि नै बेपत्ता रहेका जोशीको अवस्था पत्ता लगाउन उनीहरूले अन्तर्राष्ट्रिय पहलको लागि अमेरिका भ्रमण गरेका थिए ।