October 25, 2025, Saturday
२०८२ कार्तिक ८
1:37:26 pm

चलचित्र ‘वरिष्ठ बलराम’को प्रदर्शन सुरु, दर्शकको सकारात्मक प्रतिक्रिया

315

काठमाडौं । चलचित्र ‘वरिष्ठ बलराम’को प्रदर्शन सुरु भएको छ । भाइटीकाको अवसर पारेर दयाहाङ राई र विजय बराल स्टारर चलचित्र आजबाट देशभर प्रर्दशनमा ल्याइएको हो ।

चलचित्रले पहिलो शोदेखि नै दर्शकको राम्रो प्रतिक्रिया पाएको छ ।

सुरेन्द्र पौडेल निर्देशित यस चलचित्रमा वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुति र आन्भी फिल्मसको सहकार्य रहेको छ ।

Advertisement

पौडेलकै कथा÷निर्देशन÷सम्पादन तथा महेश दवाडीको पटकथा रहेको चलचित्रमा समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङल, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पीके) लगायत कलाकारको अभिनय छ ।

आशिष एच तामाङ र श्रीराज कार्की निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता प्रदीप जी धामी र पुस्कर बी घिमिरे हुन् । लाइन प्रोडुसरमा राम विष्ट छन् ।

मनकृष्ण महर्जनको छायांकन रहेको चलचित्रमा प्रशान्त शिवाकोटीको संगीत, सम्राट बस्नेतको एक्सन निर्देशन, प्रदीप लामाको नृत्य निर्देशन छ ।

यो चलचित्रलाई काठमाडौं उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रिव्युसनले वितरण गरेको छ ।