October 25, 2025, Saturday
२०८२ कार्तिक ८
1:37:26 pm

म कुनै पार्टीमा आबद्ध हुने विषयमा छलफल भएको छैन: मन्त्री घिसिङ

305

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले आफूलाई नेपाल पार्टीको अध्यक्ष बनाउन लागिएको भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

उक्त पार्टीमा आबद्ध भएको र पार्टीको अध्यक्ष बनाउन लागिएको भन्ने हवाला दिँदै विभिन्न सामाजिक सञ्चाल एवं सञ्चारमाध्यममा जोडेर प्रकाशन भएका समाचारप्रति मन्त्री घिसिङको गम्भीर ध्यानाकर्षण भएको बताउदै आफू कुनै पार्टीमा आबद्ध हुने विषयमा छलफल नभएको स्पष्टिकरण दिएका हुन् ।

मन्त्री घिसिङले भने, ‘सूचना/समाचारमा उल्लेख गरिएजस्तो उक्त पार्टीमा मेरो आवद्धताका बारेमा कुनै किसिमको छलफल भएको छैन । प्रचार गरिएजस्तो ‘जुम’ बैठकमा मेरो सहभागितासमेत नरहने प्रष्ट पार्दछु । मसँग कुनै छलफल र सल्लाह नै नगरी दुषित मनसायका साथ असत्य तथा तथ्यहीन सामग्री प्रचारप्रसार गरिएको हुँदा यसको खण्डन गर्दछु र सबैलाई त्यस्ता भ्रममा नपर्न अनुरोध गर्दछु ।’

Advertisement