मलेसियालाई २ सय २१ रनले पराजित गर्दै नेपालले उचाल्यो एसीसी यू-१६ को उपाधि
काठमाडौं । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालको पोल्टामा परेको छ । मंगलबार भएको फाइनल खेलमा घरेलु टोली मलेसियालाई २ सय २१ रनले पराजित गर्दै नेपालले उपाधि हात पारेको हो । टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएको नेपालले निर्धारित ओभरमा आठ विकेट गुमाएर दुई सय ५२ रन बनाएको थियो । विशाल लक्ष्य...