काठमाडौं । पाकिस्तान र श्रीलंकामा आयोजना हुने एसिया कप -२०२३ को पहिलो खेलमा नेपाल र पाकिस्तान खेल्ने पक्का भएको छ । खेल तालिका अनुसार नेपालले ३० अगस्तमा हुने खेलमा पाकिस्तान र दोस्रो खेल ४ सेप्टेम्बरमा भारतसँग खेल्ने छ ।
नेपाल एसिया कपमा पहिलोपटक छनौट भएको टोली हो भने श्रीलंका गत संस्करणको च्याम्पियन टोली हो । नेपालको समुहमा भारत र पाकिस्तान परेको छ । त्यस्तै अर्को समुहमा श्रीलंका, बंगलादेश र अफगानिस्तान रहेका छन्।
एसिया कपमा भारत र पाकिस्तानको महाभिडन्त २ सेप्टेम्बरमा श्रीलंकाको क्यान्डीमा हुने छ । समुहमा दुई विजेता र उपविजेता टोली सुपर ४ मा प्रवेश गर्नेछन् । त्यस्तै सुपर ४ मा फाइनल प्रवेशको लागि चारवटै टोलीले तीन/तीन खेल खेल्नेछन् ।