सुर्खेत । विसं २०८१ मङ्सिर २–९ गतेसम्म कर्णाली प्रदेशमा हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पूर्वतयारीमा कर्णाली जुटेको छ ।
खेलकुद प्रतियोगिताका लागि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा निर्माणाधीन रङ्गशालाको काम तीव्ररुपमा अगाडि बढिरहेको छ ।
डेढ वर्षपछि दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएपछि यहाँको पूर्वाधार संरचना र तयारी अवस्था बुझ्न कोशी र बागमती प्रदेशका खेलकुद परिषद् सदस्यसचिवहरु कर्णाली पुगेका छन् । उनीहरुले यहाँको निर्माणाधीन रङ्गशालाको भौतिक संरचनाको अवलोकन गरेका छन् ।
प्रतियोगिताको समय नजिकिंदै गरेकाले सङ्घीय सरकार र राष्ट्रिय खेलकुद परिषद्ले बेलैमा ध्यान दिनुपर्नेमा कोशी प्रदेशका खेलकुद परिषद् सदस्य हंसराज वाग्लेले जोड दिएका थिए ।