December 10, 2023, Sunday
२०८० मंसिर २४
1:37:26 pm

टाइब्रेकरमा म्यानचेस्टर सिटीमाथि आर्सनलको जित

1K

काठमाडौं । आर्सनलले म्यानचेस्टर सिटीलाई टाईब्रेकरमा ४–१ ले पराजित गर्दैे एफए कम्युनिटी शिल्डको उपाधि जितेको छ ।

उपाधिका लागि आर्सनलका गोलरक्षक आरोन राम्सडेल नायक बने । यस जितसँगै आर्सनलले सिजनको सुखद सुरुवात गरेको छ ।

सिटीका लागि भने यो खेल बिर्सन लायक बन्यो । ६४औं मिनेटमा हालान्डलाई प्रतिस्थापन गर्दै मैदान छिरेका युवा खेलाडी कोल पाल्मरका लागि व्यक्तिगत सफलता मिले पनि सिटीको पक्षमा नतिजा आएन ।

Advertisement

निर्धारित समयमा १(१ बराबरी भएपछि खेल टाइब्रेकरमा पुगेको थियो ।

कोल पाल्मरले खेलको दोस्रो हाफको ७७ औं मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए। निर्धारित ९० मिनेटसम्म खेल सिटीको पक्षमा थियो । इन्जुरी समयको ११औं मिनेटमा लिआन्द्रो ट्रोसर्डले गोल गर्दै खेललाई टाइब्रेकरमा र्पुयाए ।

८ मिनेटको इन्जुरी समयमा पनि खेलाडी घाइते हुँदा खेलको इन्जुरी समय ११ मिनेटसम्म लम्ब्याइएको थियो । जसको फाइदा आर्सनलले उठायो ।