April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

मधेश प्रदेशका जिर्ण खेल मैदानहरु सुधार्न मन्त्री लिम्बूको जोड

1.4K

बारा । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले मधेश प्रदेशका जनताले जाँगर चलाउनुपर्ने बताएका छन् । ११ औं राष्ट्रिय खेलकुद प्रतियोगिताको छलफल कार्यक्रममा मन्त्री लिम्बुले यस्तो बताएका हुन् । छलफलमा मधेश प्रदेशलाई हरेक तवरले ठगिएको कुरा उठेपछि मन्त्रीले ठगिएको नभई जाँगर चलाउनुपर्ने जोड दिएका हुन् ।

मन्त्री लिम्बूले मधेश प्रदेशका अधिकाशं खेल मैदानहरु जिर्ण अवस्थामा रहेकाले छिमेकी प्रदेशहरुको अनुशरण गरेर काम गर्न स्थानीय दलका नेता, खेलप्रेमी र जनप्रतिनिधिहरुलाई सुझाव दिएका थए ।

खेललाई पर्यटनसँग जोड्न सक्दा चाँडो प्रगति गर्न सकिने भन्दै खेलको माध्यमबाट संसारलाई जित्न सकिने उनको भनाइ छ । मन्त्री लिम्बुले चालु आर्थिक वर्षको लागि सिमरा रंगशालाको स्तरोन्तती गर्न ५० लाख र वीरगञ्ज स्थित नारायणी रंगशालाको लागि डेढ करोड बजेट विनियोज गरिएको बताए ।

Advertisement

मन्त्री लिम्बुले शुक्रबार सिमरा रंगशालाको स्थलगत अनुगमन गरेका थिए । अनुगमनपश्चात आगामी राष्ट्रिय खेलकुद प्रतियोगिता सिमरा रंगशालामा गर्न सक्ने बताएका थिए ।

छलफल कार्यक्रम जीतपुर सिमरा उपमहानगरका नगरप्रमुख राजन पौडेलले खेलकुदका लागि पर्याप्त भौतिक पूर्वाधार नभएको र खेलाडीहरुको लागि सरकारले नीतिगत रुपमा सम्बोधन गर्न ढिलाई गरेको भन्दै मन्त्री लिम्बुलाई लिखित रुपमै ज्ञापन पत्र बुझाएका छन् ।