काठमाडौं । चीनमा सम्पन्न १९औँ एसियाली खेलकुद प्रतियोगितामा एक रजत र एक कांस्य पदक विजेता नेपाली खेलाडीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्मान गरेका छन् । बुधबार खेलाडीलाई सम्मान गर्दै प्रधानमन्त्री प्रचण्डले कबड्डी र करातेमा पदक प्राप्त गर्ने खेलाडीहरुलाई बधाई तथा शुभकामना दिएका हुन् ।
पदक विजेता खेलाडीको सम्मानमा बोल्दै प्रधानमन्त्री प्रचण्डले खेलाडीहरुको प्रोत्साहनका लागि सरकारले घोषणा गरेको रकम दिने बताए । उनले भने, ’खेलाडीको प्रोत्साहनको लागि मैले रकम दिने घोषणा गरेको थिए । नियमावली पास गरेका थियौँ, आजको क्याबिनेटमा दिने निकासाका लागि निर्णय भयो र एक हप्तामा त्यो अर्थबाट आउनेछ ।’
यस्तै प्रधानमन्त्री प्रचण्डले आगामी बजेटमा खेल क्षेत्रलाई विशेष प्राथमिकतामा राख्ने बताए ।