February 9, 2025, Sunday
२०८१ माघ २७
1:37:26 pm

कबड्डीमा नेपाल समूह ‘बी’ को उपविजेता हुँदै सेमिफाइनलमा प्रवेश

1.7K

काठमाडौं । एसियाडको महिला कबड्डीमा नेपाल समूह ‘बी’ को उपविजेता हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार समूह ‘बी’ को अन्तिम लिगमा डिफेन्डिङ च्याम्पियन इरानले बंगलादेशलाई ५४–१६ को फराकिलो अन्तरले पराजित गरेपछि नेपाल समूह उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।

तीन टिम रहेको यो समूहमा जितसँगै इरान समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । लगातार २ हारसँगै बंगलादेश भने प्रतियोगिताबाट बाहिरिएको छ ।

यसअघि नेपालले समूह चरणको पहिलो खेलमा बंगलादेशलाई ३७–२४ ले हराएको थियो ।

Advertisement

सेमिफाइनल प्रवेश गरेसँगै नेपालले कम्तीमा कास्य पदक निश्चित गरेको छ । नेपालले सेमिफाइनलमा शुक्रबार भारतविरूद्ध प्रतिस्पर्धा गर्ने छ । अर्को सेमिफाइनल इरान र चाइनिज ताइपेईबीच शुक्रबारै हुनेछ ।