April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

एसियाली खेलकुद: नेपाललाई २३ रनले हराउँदै भारत सेमिफाइनलमा प्रवेश

1.2K

हङकङ । १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाललाई २३ रनले हराउँदै भारत सेमिफाइनलमा प्रवेश गरेको छ । भारतले दिएको २०३ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै १७९रन बनाएको थियो । क्वाटरफाइनलमा भारतले नेपाललाई पराजित गरेको हो ।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ३२ रन बनाए भने कुशल मल्ल र सन्दीप जोराले २९–२९ रन बनाएका थिए । त्यस्तै कुशल भुर्तेलले २८, आसिफ सेखले १०, कप्तान रोहित पौडेलले ३, सोमपाल कामीले ७, गुलशन झाले ६ रन बनाएका थिए । त्यस्तै करण केसीले १८ र सन्दीप लामिछानेले ५ रन बनाएका थिए ।

भारतीय बलर रवि बिस्नोई र आभेस खानले ३–३ विकेट लिए भने अर्शदीप सिंहले २ विकेट लिएका थिए । त्यस्तै साइ किशोरले एक विकेट लिएका थिए । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको भारतले २० ओभरमा ४ विकेट गुमाउँदै २०२ रन बनाएको थियो ।

Advertisement

भारतका लागि यशस्वी जैसवालले शतकीय पारी खेलेका थिए । उनी ४९ बलमा १०० रन बनाएर आउट भएका थिए । त्यसैगरी भारतका लागि कप्तान रुतुराज गायकवाडले २५ रन बनाए भने शिभम दुबेले अविजित २५ रन बनाए । त्यस्तै तिलक बर्माले २, जितेश शर्माले ५ र रिंकु सिंहले अविजित ३७ रन बनाएका थिए ।

नेपाल बलर दीपेन्द्र सिंह ऐरीले २ विकेट लिएका थिए भने सोमपाल कामी र सन्दीप लामिछानेले एक एक विकेट लिएका थिए । योसँगै भारत सेमिफाइनलमा पुगेको छ भने नेपालको एसियन गेम्सको क्रिकेटमा यात्रा समाप्त भएको छ ।