काठमाडौंका एटिएमबाट डलर चोर्ने रिस्टोभलाई २ वर्ष कैद, पौने २ करोड जरिवाना
काठमाडौं- नेपालमा बसेर विभिन्न नेपाली बैंकका एटिएम प्रयोग गरी युरोपका बैंक खाताको पैसा चोरी गर्ने बुल्गेरियाली नागरिक पेटोस्लाभ रिस्टोभलाई सर्वोच्च अदालतले दुई वर्ष कैद हुने सजाय सुनाएको छ। यस्तै पक्राउ पर्दाका बखमा उनीसँग भएको नगद रकमलाई बिगो मानी बिगो असुल उपर गरी सोही बराबरको जरिवाना समेत हुने फैसला सर्वोच्चले सुनाएको हो। सर्वोच्चका न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको इजलासले रिस्टोभकालाई काठमाडौँ बसेर...