विराटनगर- प्रदेश १ को प्रदेश सभाको बैठक अर्को सूचना नआएसम्मका लागि स्थगित भएको छ। बुधबार सुरु सातौं अधिवेशन केही मिनेटमै स्थगित भएको हो।
बैठकको सुरुवातमै प्रदेश सभामुख प्रदीपकुमार भण्डारीले अधिवेशन आह्वान सम्बन्धी प्रदेश प्रखुम सोमनाथ प्यासीको पत्र पढेर सुनाएका थिए।
नेकपाको विभाजन, मुख्यमन्त्री शेरधन राईमाथिको अविश्वास प्रस्ताव, मुख्यमन्त्री राईले दलको नेताको रुपमा सांसदलाई गरेको कारबाहीको कारण प्रदेश सभामा असहज वातावरण उत्पन्न हुने आकलन गरिएको थियो।