April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

प्रचण्डले भने ओलीको षडयन्त्रकारी सेटिङ असफल हुन्छ, जनताको सेटिङ चल्छ

2.7K

काठमाडौं- नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको सेटिङ असफल हुने बताएका छन्। काठमाडौंमा आयोजित आफू पक्षको सभामा सम्बोधन गर्दै ओलीले अदालत र निर्वाचन आयोगमा सेटिङ गरेको चर्चाबारे सम्बोधनमा धारणा व्यक्त गरेका हुन्।

‘केपी र उनी निकटका मान्छेले सेटिङ मिलाइसक्यौं भनिरहेका छन्। तर जनताको तागतले त्यो सेटिङ भत्काएर नयाँ सेटिङ जन्माउँछन् भन्ने विश्वास व्यक्त गर्छु,’ उनले भने।

प्रचण्डले देशैभर जनताको सागर देखापरेको बताए। ‘यसले षडयन्त्रकारी सेटिङ सिध्याएर जनताको सेटिङ खडा हुँदैछ,’ उनले भने।

Advertisement

आफूले निर्वाचन आयोग र अदालतप्रति भरोसा व्यक्त गरेको प्रचण्डले बताए। ‘ओलीको सनकको भरमा उनको निरंकुशतलाई कसैले पनि साथ दिन्छ भनेर भरोसा गर्दैनौं’, उनल भने।

केपी ओलीले संसद् मात्रै नभएर संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र पनि विघटन गरेको प्रचण्डले बताए। उनले संघीय लोकतान्त्रिक गणतन्त्र शान्ति प्रक्रियासँग पनि जोडिएको बताउँदै ओलीले शान्ति प्रक्रिया विघटन गर्न चाहेको बताए। ओलीलाई खबरदारी गर्दै उनले भने- त्यसलाई सफल हुन दिइने छैन।