मौसमः पहाडी भेगमा हल्का वर्षाको पूर्वानुमान
काठमाडौँ- पश्चिमी वायुको असरले पहाडी भेगका एकाध स्थानमा आज हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशका पहाडी भू-भागमा आंशिक बदलीको अवस्था रहेकाले दिउँसोसम्म प्रदेश १ लगायतका पहाडी भेगका एकाध स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । मंगलबारबाट भने क्रमिकरूपमा मौसम सफा हुँदै जाने महाशाखाले जनाएको छ । तराईका...