ललितपुर । बागमती प्रदेश ललितपुरले युवा महिलाहरुका लागि लक्षित गरी संचालन गरको आत्मारक्षा तालिम समापन गरेको छ ।
बिहिवार ललितपुरमा आयोजना गरेको कार्यक्रममा प्रमुख अथिती बागमती प्रदेशका पूर्व मुख्यमन्त्री तथा प्रतिनिधि सभा सदस्य राजेन्द्र पाण्डेले तालिममा सहभागी ३० जना युवतीहरुलाई प्रमाणपत्र वितरण गरे ।
युवा शिर्जनशिल युवा उद्दमी बन्नु पर्छ भन्ने उदेश्यका साथ बागमती प्रदेले सीप सिकाइ आत्मनिर्भर बनाउने उदेश्यका साथ २१ वटा तालिमको आजोजन गरेको काठमाडौं जिल्ला युवा समिति अध्यक्ष इन्जिनियर रुपाथापामगरले बताईन् ।
कार्यक्रम जिल्ला युवा समिति ललितपुरका अध्यक्ष जितेन्द्र महर्जनको अध्यक्षता, र विशेष अथिती काठमाडौं जिल्ला युवा समिति अध्यक्ष इन्जिनियर रुपाथापामगर , मनिस पन्डित ,प्रेम पुन लगायतको उपस्थितिमा भएको थियो ।
कार्यक्रमका प्रमुख अथिती राजेन्द्र पाण्डेले आफू बागमती प्रदेशको मुख्य मन्त्री रहदा युवा लक्षित कार्यक्रम, स्वरोजगार र युवा उद्यमी बन्न सीप विकास कार्यक्रमहरुको लागि १५ करोड बजेट बिनियोजन गरेको बताए ।
किशोरीहरुलाई मानसिक र शारिरीक रुपमा सशक्त बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको भन्दै तालिममा सिकेका ज्ञान, सिपलाई व्यवहारमा उतार्न सहभागीहरुले सुझाव दिएका थिए ।
तालिममा आत्मरक्षा सिप विकास, सकारात्मक सोच तथा योग आसन, समाज रुपान्तरणमा किशोरकिशोरीहरुको भूमिका, जीवनरक्षा सम्बन्धी प्रयोगात्मक अभ्यास, कल्चरल तथा कला प्रदर्शनी, यौनजन्य वृद्धि विकासको व्यवस्थापन, आत्मरक्षा सिपको व्यवहारिक अभ्यास, सफल नेतृत्व विकास सम्बन्धी कला, साइबर सुरक्षा तथा घरेलु हिंसा न्यूनीकरण, बाल अधिकारका आयामहरु, बाल बचाउ, संरक्षण र सहभागिता, लैङ्गिक हिंसा न्यूनीकरण तथा सामाजिक विकासको सम्बन्धलगायत विषयहरुमा सहजीकरण गर्ने गरीएको तालिमका प्रमुख प्रशिक्षक राधिका हमालले बताईन् ।