March 5, 2026, Thursday
२०८२ फाल्गुन २२
1:37:26 pm

मोरङमा सचेतनामूलक कार्यक्रम र लापसे जाँच अभियान सञ्चालन

1.4K

विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले ट्राफिक सप्ताह अभियान २०८१ को ५ औं दिनको अवसरमा लागुपदार्थ सेवन गरी सवारी चलाउने चालकहरूलाई लक्षित गरी सचेतनामूलक कार्यक्रम र लापसे जाँच अभियान सञ्चालन गरेको छ।

सोमवार विराटनगर महानगरपालिका वडा नं. १६ स्थित हुलास चौकमा रहेको सामुदायिक प्रहरी सेवा केन्द्रमा यो कार्यक्रम आयोजना गरिएको थियो।

pinup pin up pin up pinup

लागुऔषध नियन्त्रण ब्युरोको सहयोगमा सञ्चालित यस कार्यक्रममा २० जना सवारी चालकहरूको लापसे जाँच गरिएको जसमा १५ जना पोजेटिभ देखिएको र आवश्यकता अनुसार कारबाही प्रक्रिया अगाडि बढाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक सुमन न्यौपानेले जानकारी दिए।

Advertisement

कार्यक्रममा उपस्थित प्रहरी अधिकारीहरू ईलाका प्रहरी कार्यालय रानी प्रमुख प्रहरी निरिक्षक प्रकाश थापा, ईलाका प्रहरी कार्यालय रानी (सीमा) प्रमुख वरिष्ठ प्रनानि राजेन्द्र कटवाल, ट्राफिक प्रहरी पोष्ट रानी प्रमुख प्रनानि राजकुमार बस्नेत र लागुऔषध नियन्त्रण ब्युरो लगायतको प्रहरी सुरक्षाकर्मीहरूले लागुपदार्थ दुर्व्यसनी र यसबाट हुने अपराधको विषयमा जानकारी दिनुका साथै ट्राफिक नियम र सुरक्षा सम्बन्धी प्रशिक्षण प्रदान गरे।

यस वर्षको ट्राफिक सप्ताह “तीब्रगति जीवन क्षति” भन्ने मूल नाराका साथ मनाइँदैछ। सडक अनुशासन र सवारी दुर्घटना न्यूनीकरणका लागि विभिन्न सन्देशहरू जस्तै “ट्राफिक नियम जानौं पनि मानौं पनि”, “आफ्नो लेन चिनौं, सही लेनमा हिडौं”, र “सिट क्षमता भन्दा बढी यात्रा नगरौं” आदि प्रचार प्रसार गरिएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले करिब १० महिनादेखि लापसे जाँच कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ। यो अभियान कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहयोगमा सञ्चालन भइरहेको छ।