February 9, 2025, Sunday
२०८१ माघ २७
1:37:26 pm

शालिक अनावरण र कविता प्रयोगितासहित बराहक्षेत्रमा २११ औं भानुजयन्ती

3.4K

बराहक्षेत्र नगरपालिका वार्ड नम्बर –३ स्थित भानु चौकमा आदिकवि भानुभक्त आचार्यको शालिक अनावरण गर्दै २११ औं भानु जयन्ती मनाइएको छ ।

बराहक्षेत्र – ३ ले निर्माण गरेको सो शालिकलाई कार्यक्रममा प्रमुख अतिथि बराहक्षेत्र – ४ का वडाअध्यक्ष राजदिप लामाले अनावरण गरेका हुन् । सोही अवसरमा विद्यार्थीहरूबिच खुला कविताको आयोजना समेत गरिएको थियो । सो प्रतियोगितामा ११ प्रतिष्पर्धीलाई पछि पार्दै ज.डे.ज. मा.वि. बराहक्षेत्र–५ कि कक्षा –९ मा अध्ययनरत सबिना बानिया प्रथम बनिन् । यस्तै सिद्धार्थ मे.इ. स्कुल बराहक्षेत्र –५ की अनुमा बस्नेत कक्षा–८ द्वितीय, कोशी मा.वि. बराहक्षेत्र –८ का कक्षा–१० का अनुप राउत तृतीय र महेन्द्र मा.वि. बराहक्षेत्र–६ कि कक्षा–१० मा अध्ययनरत युजिना श्रेष्ठ सान्त्वना बन्न सफल भइन् । विजेता कविहरूलाई कार्यक्रमका विशिष्ट अतिथि, प्रमुख अतिथि लगायतले नगद पुरस्कार, प्रमाणपत्र र अन्य पुरस्कार प्रदान गरेका थिए । कार्यक्रमका निर्णायकमा कविहरू बुद्धि कटुवाल, राजन इशारा र सबिता फागो रहेका थिए । सिर्जना गोष्ठीमा हेम कार्की, ममता घिमिरे, आर्यन निरौला र लक्ष्मण कटुवालले कविता, मुक्तक र गजलहरू सुनाएका थिए ।

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै स्वर्णिम साहित्य समाजका अध्यक्ष प्रकाश दिप्साली राईले बराहक्षेत्रमा भानुभक्त आचार्यको शालिक निर्माणसङ्गै कवि लेखकहरूको निम्ति अरु सम्पत्ति थपिएको बताए । यस्तै कार्यक्रमका प्रमुख अतिथि बराहक्षेत्र नगरपालिका वार्ड नम्बर–३ का वडाअध्यक्ष राजदिप लामाले आफ्नो वडा यस्ता सिर्जनशील कामहरू गर्न मन पराउने बताए । मन्तव्यको क्रममा उनले भने “यो ठाउँ आजबाट कवि लेखकहरूको साझा थलो बन्यो । आउने सालबाट प्रत्येक भानु जयन्तीको अवसरमा अथवा असार २९ गते साहित्यिक कार्यक्रम गरिनेछ । यसको संरक्षण र सम्बर्धनमा सबै जुट्न कवि, साहित्यकार एवम आम स्थानीय बासिन्दामा अनुरोध गर्दछु ।”

Advertisement

बराहक्षेत्र–३ का कर्मचारी मातृका दाहालले सन्चालन गरेको सो कार्यक्रममा सभाध्यक्ष भानुभक्त शालिक निर्माण समितिका अध्यक्ष नमस धामी रहेका थिए भने स्वागत मन्तव्य पनुलाल धामीले राखेका थिए । कविता प्रतियोगिताको सेसनको सहजीकरण भने गजलकार भरौलको मनोज विष्टले गरेका थिए ।