इलाम-२ मा मतगणना सुरु
काठमाडौं। इलाम-२ को प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि भएको मतदानको मतगणना सुरु भएको छ । इलाम नगरपालिका ७ को गौतमबुद्ध सभाहलमा मतगणना सुरु भएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालय इलामका अनुसार यहाँ करिब ६० प्रतिशत मत खसेको छ । शनिबार भएको मतदानमा कुल एक लाख १५ हजार ८८९ मतदातामध्ये ६९ हजार २८७ मत खसेको हो ।...