November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

रास्वपाले सय दिनमा नराम्रो काम एउटा पनि गरेको छैन: रवि लामिछाने

1.6K

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले देशमा केही पनि नराम्रो नगर्नु नै अहिलेका लागि सबैभन्दा राम्रो गर्नु रहेको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका उनले रास्वपाले सरकारमा सहभागी भएर नराम्रो कुनै काम नगरेको बताएका हुन् ।

शनिवार काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को स्थापना दिवसको सन्दर्भमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा सभापति लामिछानेले रास्वपासँग आम नागरिकहरुको ठूलो आशा रहेकोबारे आफू जानकार रहेको भन्दै भने, ‘हामीसँग आशा र अपेक्षा यति धेरै गरिएको छ, कि मैले हिजो पनि भनेको थिएँ, यो देशमा केही पनि नराम्रो नगर्नु सबैभन्दा राम्रो गर्नु हो आजको दिनमा । नराम्रो केही पनि नगर्नु नै आफैँमा राम्रो गर्ने अवस्था सिर्जना भएको बेलामा म गर्वका साथमा भन्नसक्छु, तपाईंको मत लिएर गएको रास्वपाले सय दिनमा नराम्रो काम एउटा पनि गरेको छैन ।’

उनले १०० दिनमा रास्वपाले सरकारमा सहभागी भएर विधिको स्थापना गर्ने काम गरेको दाबी गरे ।

Advertisement