November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

अनौपचारिक क्षेत्रका श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउनुपर्छ: शर्मा

1.6K

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले अनौपचारिक क्षेत्रमा रहेका श्रमिकहरूलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध गराउनुपर्ने बताएका छन् ।

मंगलबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै उनले अनौपचारिक क्षेत्रका श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सांसद शर्माले सरकारले आगामी आर्थिक वर्षको बजेटमा अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउने भने पनि सरकारले आफ्नो दायित्व निर्वाह नगरेको बताए ।

Advertisement

उनले सरकारले तिरिदिनु पर्ने १ हजार १४ रुपैयाँ नछुट्टाइएको भन्दै यसतर्फ पनि सरकारको ध्यानाकर्षण गराए ।