चार स्थानीय तहमा अझै पुगेन बैंक
काठमाडौं- चारवटा स्थानीय तहमा अझै वाणिज्य बैंकको शाखा पुग्न नसकेको देखिएको छ। नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार ताप्लेजुङको मिक्वाखोला गाउँपालिका, धादिङको रुवीभ्याली गाउँपालिका, जाजरकोटको जुनीचाँदे गाउँपालिका र बझाङको साइपाल गाउँपालिकामा वाणिज्य बैंकको शाखा पुग्न नसकेको देखिएको हो। राष्ट्र बैंकको तथ्यांकअनुसार कूल ७५३ स्थानीय तहमध्ये गत फागुनसम्म ७४९ तहमा वाणिज्य...