April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

जनकपुर उद्योग वाणिज्य संघ चुनाव : मतदाताभन्दा बढी मत भेटियो

4.3K

धनुषा : जनकपुरका उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणनामा खसेको मतभन्दा अधिक मतपत्र भेटिएपछि जिल्ला प्रशासन कार्यालय धनुषामा उजुरी परेको छ। 

वरिष्ठ उपाध्यक्ष पदको मतगणना जारी रहेको समयमा सोही पदका उम्मेदवार सुरेन्द्र भण्डारी पक्षधरले खसेभन्दा बढी मतपत्र फेला परेको भन्दै उजुरी दिएका हुन्। ४३११ मत आएको र यो मतपत्र भन्दा बढी भएको भन्दै निर्वाचन आयोगले धाँधली गरेको आरोप उनीहरूले लगाएका हुन्।

भण्डारी पक्षधरले निर्वाचन समितिको विरोध गर्दै मतगणना स्थल गोपाल धर्मशालामा विरोधका कार्यक्रम गरिरहेका छन् भने सम्भावित दुर्घटना हुन नदिन बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ। 

Advertisement

प्रदर्शनकारी समूहबाट ढुंगामुढा हुन थालेपछि प्रहरीले सामान्य बल प्रयोग गरेको थियो। लाठीचार्जबाट केही  प्रदर्शनकारी सामान्य घाइते भएका छन्।

यता निर्वाचन समितिले मतगणनामा मनिष रमण साहले अग्रता लिएपछि भण्डारी पक्षधरले जबर्जस्ती विवाद सिर्जना गरेको आरोप लगाएका छन् भने भण्डारी पक्षधरले पुनः निर्वाचनको माग गरेका छन्। विवाद उत्कर्षमा पुगेपछि अहिले मतगणना स्थगित गरिएको छ।