April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

जंगली हात्तीको आक्रमणबाट बर्दियामा एक महिलाको मृत्यु

4.2K

बर्दिया – जंगली हात्तीको आक्रमणबाट गेरुवा गाउँपालिका वडा नम्बर १ भटेराकी भुन्टी बोहोराको मृत्यु भएको छ। घर नजिकै बाख्रा चराउन गएकी ६० वर्षीया बोहराको हात्तीको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यलय बर्दियाका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए।

बोहरालाई आइतबार दुईवटा हात्तीले लखेट्दै केही पर पुर्‍याएर मारेको शाहीले बताए। बर्दियामा पछिल्लो समय बाघ र हात्तीको आक्रमणबाट मानवीय क्षति हुने क्रम बढ्दै गएको छ। यस वर्ष मात्रै बाघको आक्रमणबाट ११ जनाले ज्यान गुमाइसकेका छन्।

जंगल असापासका गाउँमा निकुञ्ज र सामुदाकि तथा राष्ट्रिय वनहरुमा घाँस दाउरा गर्ने र गाईवस्तु चराउन गएका समयमा बाघ, हात्तीलगायतका जंगली जनावरले आक्रमण गर्ने गरेको छ।

Advertisement