November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

बेनी–जोमसोम सडक दैनिक ९ घण्टा बन्द

3.5K

म्याग्दी : राष्ट्रिय गौरवको आयोजना मानिएको बेनी–जोमसोम सडकखण्ड यही वैशाख मसान्तसम्म दैनिक ९ घण्टा बन्द गरिने भएको छ। 

सडक स्तरोन्नति र विस्तारको कार्यलाई तीव्र रुपमा बढाउन सडक खण्डको म्याग्दी र मुस्ताङको सिमानामा पर्ने बादरजुङ भीर क्षेत्रमा काम भइरहेको छ। सवारी साधनहरु बन्द गरेर निर्माण बढाइइने भएकाले मार्ग बन्द गरिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका सूचना अधिकारी अश्विनीकुमार यादवले जानकारी दिएका छन्।

उनका  अनुसार वैशाख मसान्तसम्म दैनिक रुपमा बिहान साढे ६ देखि ११ बजेसम्म र दिउँसो २ देखि साँझ साढे ६ बजेसम्म सडकमा आवागमन बन्द हुनेछन्। 

Advertisement

यो निर्णयसँगै मुस्ताङ प्रवेश गर्ने र बाहिरिने सबै सवारी साधनलाई सडक निर्माण क्रममा रोक लगाइने छ। राष्ट्रिय गौरवको बेनी–जोमसोम ७६ किमी निर्माणधीन सडकलाई गति दिन यो निर्णय भएको निर्माण कम्पनीले जनाएको छ।