April 13, 2025, Sunday
२०८२ बैशाख १
1:37:26 pm

मुन्धुम ट्रेल (पदमार्ग) अवलोकनका लागि स्वीस राजदूत एलिजावेथ खोटाङमा

8.9K

खोटाङ – नेपाल सरकारले निर्धारण गरेको १०० वटा गन्तव्यमा पर्ने मुन्धुम ट्रेल (पदमार्ग) अवलोकन गर्न स्वीस राजदूत एलिजावेथ भोन क्यापलर खोटाङको साकेला गाउँपालिका आएकी छन् ।

पूर्वका चार जिल्ला खोटाङ, सोलुखुम्बु, भोजपुर र सङ्खुवासभाको रमणीयस्थलको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले निर्माणको काम शुरु गरिएको मुन्धुम ट्रेल अवलोकन गर्न स्वीस राजदूत एलिजावेथसहितको टोली खोटाङको साकेला गाउँपालिका आएकी हुन् ।

साकेला–३ खिदिमास्थित पर्यटकीयस्थल तावाभञ्ज्याङलाई मुन्धुम ट्रेलको शुरु विन्दु (प्रवेशद्वार) मानिएकाले राजदूत एलिजावेथ खोटाङ आएको गाउँपालिका प्रमुख अर्जुनकुमार खड्का ‘झङ्कार’ले बताए । “स्वीस राजदूतसँग समग्र विकास प्रक्रियाको अवस्थाका साथै विशेषगरी पर्यटन प्रवद्र्धनका विषयमा छलफल गरियो”, उनले भने, “छलफलका क्रममा निर्माणाधीन अवस्थामा रहेको मुन्धुम ट्रेलका लागि स्वीस सरकारका तर्फबाट आवश्यक सहयोग रहने बताउनुभएको छ ।”

Advertisement

स्वीस राजदूत एलिजावेथलाई गाउँपालिका प्रमुख झङ्कार, उपप्रमुख सरिता खड्कालगायतले स्वागत गरेका थिए । गाउँपालिकाको कार्यालयमा आयोजना गरिएको भेटघाटका क्रममा राजदूत एलिजावेथसँग गाउँपालिकाको समग्र विकास प्रक्रियाका बारेमा समेत छलफल भएको गाउँपालिका प्रमुख भङ्कारले बताए ।

तीन वर्षभित्र पूरा गर्ने योजनाका साथ निर्माण गरिने कृत्रिम तालको काम आर्थिक वर्ष लाग्ने बित्तिकैबाट शुरु गरिने गाउँपालिकाले जनाएको छ ।