काठमाडौं, १७ पुस । नेपाल प्रज्ञा–प्रतिष्ठान कलाकार तथा कर्मचारी सङ्गठनको निर्धारित तेस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशन १६ गते शुक्रबार सार्वजनिक संस्था कर्मचारी सङ्गठन नेपालका महासचिव भोलानाथ घिमिरेको प्रमुख अतिथित्यतामा सम्पन्न भएको हो ।
अधिवेशनमा विशेष अतिथिका रूपमा पेशागत महासङ्घ नेपालका सचिवालय सदस्य मोहनकुमारी साह र यसै सङ्गठनका पूर्व अध्यक्ष विक्रम मैनाली थिए ।
बन्द सत्रको अन्त्यमा प्रमुख अतिथि एवम् निर्वाचन समितिका संयोजक श्री भोलानाथ घिमिरेले टे«ड युनियन आन्दोलन र पेसागत सङ्घ–सङ्गठनहरू एकताबद्ध भएर अघि बढ्नुपर्ने बताए । एकताबद्ध हुनु नै शक्ति आर्जन गर्नु हो भन्दै उनले पेसागत क्षेत्रमा दूषित राजनीति भित्राउन नहुने कुरामा उनले जोड दिए ।
यसैगरी विशेष अतिथि एवम् निर्वाचन समितिका सदस्य श्री मोहनकुमारी साहले सङ्गठनको नयाँ कार्यसमितिलाई बधाई ज्ञापन गरिन् । निर्वाचन विशेष अतिथिकै आसनबाट श्री विक्रम मैनालीले नेपाल प्रज्ञा–प्रतिष्ठान टे«ड युनियन आन्दोलनको व्याख्या गर्दै व्यवस्थापकसँग गर्ने सौदाबाजीलाई सामूहिक सौदाबाजीका रूपमा लैजानुपर्ने र यस सङ्गठनले टे«ड युनियन आन्दोलनलाई मूलधारमा ल्याउन विगतदेखिकै परम्पराअनुसार लागिरहने कुरामा विश्वस्त रहेको भन्दै शुभकामना दिए ।
कार्यसमितिद्वारा गठित निर्वाचन समितिले निर्वाचन प्रक्रियाअन्तर्गत सर्वसम्मत रूपमा उत्तमराज उपाध्यायको अध्यक्षतामा कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा श्री सविना ज्ञवाली घिमिरे, महासचिव रञ्जन घिमिरे, सचिव सुवर्ण रञ्जित, कोषाध्यक्ष कर्णबहादुर कुमालल निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरुमा रमेश अधिकारी, रेखा थापा , शिवकुमार चापागाइँ, भवानी लामिछाने, ध्रुवराज खनाल निर्वाचित बनेका छन् ।
नयाँ कार्यसमितिका तर्फबाट नवनिर्वाचित अध्यक्ष उत्तमराज उपाध्यायले आफू कलाकार तथा कर्मचारीका सामूहिक मुद्दामा आवाज उठाउन सधैँ तत्पर रहने र व्यक्तिगत इच्छा, आकांक्षा र वैयक्तिक फाइदाका निम्ति आफू नलड्ने बताए । कर्मचारीहरूको सामूहिक माग र समस्याका सम्बन्धमा आफू अग्रपंक्तिमा रही लडिरहने प्रतिबद्धता व्यक्त गरे । नवनिर्वाचित अध्यक्ष उपाध्यायले सर्वसम्मत नेतृत्व चयन गर्नुहुने सम्पूर्ण सदस्यहरूलाई आभारसहित धन्यवाद दिए ।
सङ्गठनका महासचिव रञ्जन घिमिरेले निर्वाचन समितिका संयोजक तथा सदस्य एवम् उपस्थित सम्पूर्ण कलाकार तथा कर्मचारीहरूलाई धन्यवाद ज्ञापन गर्दै कर्मचारीका हकहितका सवालमा सङ्गठन दृढतापूर्वक अघि बढ्ने बताए । व्यक्तिगत मोलाहिजा सङ्गठनका तर्फबाट नहुने भन्दै महासचिव घिमिरेले सङ्गठनका पदाधिकारी तथा सदस्यहरू कार्यालयको काममा समेत दत्तचित्त ढङ्गले लाग्नुपर्ने बताउँदै व्यवस्थापन पक्षलाई निष्पक्ष ढङ्गले मूल्याङ्कन गर्न आह्वान गरिएको बताए ।