April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

स्वर्णिम साहित्य पुरस्कार कोषको संयोजकमा शारदा निरौला ‘शारु’ चयन

2K

काठमाडौ, २७ पुस । स्वर्णिम साहित्य समाज, बराहक्षेत्र –३, सुनसरीले स्थापना गरेको स्वर्णिम साहित्य पुरस्कार कोषको संयोजकमा गजलकार शारदा निरौला ‘शारु’ चयन भएकी छन् । स्वर्णिम साहित्य समाजका कोषाध्यक्ष समेत रहेकी निरौलालाई सो जिम्मेवारी दिएको हो ।

गत सनिबार बराहक्षेत्रको नडाहामा पुरस्कार तथा सम्मान घोषणा कार्यक्रममा निरौलासहित कोष समिति घोषणा गरिएको हो । जसमा कोषका सहसंयोजक तथा प्रवक्तामा स्वर्णिम साहित्य समाजका अध्यक्ष प्रकाश दिप्साली राई र सदस्यमा कवि एवम समाजका सदस्य सबिता फागो चोङबाङ रहेका छन् ।

करिब ५ लाखको अक्षय कोष खडा गरि त्यसबाट आएको रकमले साहित्य र सिर्जनामा समर्पित सर्जकहरुलाई पुरस्कार तथा सर्जकहरुलाई पुरस्कार अर्पण गर्ने लक्ष्य राखेको छ । समितिका प्रवक्ता राईले कोषमा सरसहयोगको क्रम सुरु भैसकेको बताए ।

Advertisement

यस्तै संयोजक निरौलाले आफूले यो जिम्मेवारीलाई महत्वका साथ लिएको र यो जिम्मेवारीलाई न्याय गर्न निरन्तर लागि पर्ने बताउँदै सम्पूर्णमा यो अभियानमा सहयोग गर्न समेत सबैमा अनुरोध गरिन् ।