डायमनशमशेर राणाको १०५ औँ जन्मजयन्तीका उपलक्ष्यमा विचार–गोष्ठी
काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘आख्यानकार डायमनशमशेर र उनका ऐतिहासिक उपन्यास’ विषयक विचार–गोष्ठीको आयोजना गरेको छ । आख्यानकार डायमनशमशेर राणाको १०५ औँ जन्मजयन्तीका उपलक्ष्यमा नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा डायमनशमशेर राणा साहित्यिक प्रतिष्ठानसँगको सहकार्यमा प्रज्ञा भवनको लेखनाथ प्रवचनकक्षमा विचार–गोष्ठी आयोजना गरिएको हो । ‘आख्यानकार डायमनशमशेर र उनका ऐतिहासिक उपन्यास’ विषयक विचार–गोष्ठीलाई सम्बोधन गर्दै कुलपति गङ्गाप्रसाद उप्रेतीले डायमनशमशेरलाई ऐतिहासिक विषयवस्तु...