सविन सिटौला
जडान भएर समेत बनेका केही भार फेर्दैछु
खुसीका झट्का नआउने जीवनका तार फेर्दैछु
बालुवाको छोडेर सिन्काको घर बनाउन लाग्यौ?
होइन बाबा, म त आफ्नै रहरको दरबार फेर्दैछु
मलाई सोध्नुहोस् न मायालु छक्क पार्ने सूत्र
हरप्रहर उनलाई भेट्छु हरखेप उपहार फेर्दैछु
अब त पस्न सक्छन् हात्ती जत्रा खुसीहरू
पर्दा फेरिसकेँ, यो मनको प्रवेशद्वार फेर्दैछु
पौडिने आँट के आयो पारिको संसारले मन खायो
वर्षौंदेखि गुजारा गरी बसेको किनार फेर्दैछु
तेह्रथुम