इराकका प्रधानमन्त्री मुस्तफा अल कदीमीको आधिकारिक निवासमा विस्फोट पदार्थसहितको ड्रोन हमला
इराकका प्रधानमन्त्री मुस्तफा अल कदीमीको आधिकारिक निवासमा विस्फोट पदार्थसहितको ड्रोन हमला भएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार आइतबार बिहान गरिएको हमलामा प्रधानमन्त्रीको निवासलाई लक्षित गरिएको हो । इराकी सेनाले प्रधानमन्त्रीको हत्या गर्ने उद्देश्यसहित हमला गरिएको थियो तर उनी सुरक्षित रहेको जानकारी दिएको छ । सेनाद्वारा जारी विज्ञप्तिमा हमला इराकको राजधानी बगदादको ग्रीन जोन क्षेत्रमा...