दुई दशकपछि अमेरिकी सेनाले छाडे अफगानस्तान, तालिबानीले मनाए खुशीयाली
काबुल – अमेरिकाको अन्तिम टुकुडीले पूर्व सम्झौताअनुसार अफगानिस्तान छाडेको छ । यसअघि अफगानिस्तान र तालिबानबीच भएको अमेरिकाले ३१ अगस्टभित्र सबै सैनिकलाई फिर्ता लग्ने सहमति बनेको थियो । अमेरिकी सैनिकले काबुल छाडेसँगै तालिबानी लडाकुहरुले खुशीमा बन्दुक पड्काएका छन् । उनीहरुले आकाशमा गोली हानेका हुन् । पछिल्ला केही साता अमेरिकी सैनिकहरुको उपस्थिति काबुल विमानस्थलमा मात्रै थियो ।...