April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

राष्ट्रपति जैर बोल्सोनाविरुद्ध आपराधिक मुद्दा लगाउन ब्राजिलको संसदीय समितिको सुझाव

२०७८ कार्तिक ११

4.3K

रियो दि जेनेरियो । ब्राजिलको संसदीय समितिले राष्ट्रपति जैर बोल्सोनाविरुद्धआअपराधिक मुद्दा लगाउन सुझाव दिएको छ । कोभिड महामारी नियन्त्रणमा प्रभावकारी कदम नचालेको विषयमा सिनेटले तयार गरेको एक प्रतिवेदनका आधारमा संसदीय समितिले राष्ट्रपतिविरुद्ध मुद्दा लगाउन सुझाव दिएको हो ।

ब्राजिलमा कोभिडका कारण ६ लाख नागरिकको मृत्यु भइसकेको छ । समितिले आफ्नो प्रतिवेदन महान्यायाधिवक्तालाई बुझाउने छ । प्रतिवेदनमा राष्ट्रपतिले महामारीको समयमा १३ गम्भीर अपराध गरेको आरोप लगाएको छ ।

६ महिना लामो अध्ययनपछि तयार पारिएको १२ सय पेज लामो प्रतिवेदनमा बोल्सोनारोमाथि विभिन्न १३ ओटा आरोप लगाइएको छ ।

Advertisement

राष्ट्रपतिले आफूमाथि लागेका सबै आरोप अस्वीकार गर्दै आएका छन् ।