दुई महिनाअघि पोर्न फिल्म बनाएको अभियोगमा जेल परेर भर्खरैमात्र जमानतमा छुटेका राज कुन्द्रा र शिल्पा सेट्टीले अभिनेत्री सर्लिन चोपडाविरुद्ध मानहानीको मुद्दा दर्ता गराउने धम्की दिएका छन् । राज कुन्द्राका वकिल प्रशान्त पाटिलले सर्लिनलाई नोटिस पठाएर एक हप्ताभित्र सार्वजनिक रुपमा माफी माग्न भन्दै धम्की दिएका हुन् ।
शर्लिन चोपडाले राज कुन्द्रा र शिल्पा शेट्टीविरुद्ध यौन उत्पीडनको मुद्दा दायर गरेकी थिइन् । उनले एक हप्ता अघि मुम्बई पुलिसमा एक नयाँ उजुरी दर्ता गरिन् र जोडीलाई यौन र मानसिक रूपमा उत्पीडकको आरोप लगाएकी थिइन् । उनले उनीहरुलाई ठगी गरेको आरोप पनि लगाए । अब, शिल्पा शेट्टी र राज कुन्द्राले अभिनेत्री विरुद्ध कारबाही गर्ने भएका छन् । राज कुन्द्राका वकिल प्रशान्त पाटिलले सर्लिनलाई नोटिस पठाएर एक हप्ताभित्र सार्वजनिक रुपमा माफी माग्न भन्दै धम्की दिएका हुन् ।
सर्लिनले माफी नमागे उनीविरुद्ध ५० करोड भारुको माग दाबीसहित मानहानीको मुद्दा अघि बढाइने नोटिसमा उल्लेख छ । ‘सर्लिन चोपडका तर्फबाट राज कुन्द्रा र श्रीमती शिल्पा सेट्टी कुन्द्राविरुद्ध लगाइएका सबै आरोप मनगढन्ते, झुठा, नक्कली, तुच्छ र निराधार छन् । बदनाम गर्ने गोप्य उद्धेश्यले यो आरोप लगाइएको छ र यो पैसा असुल्ने एउटा षड्यन्त्र पनि हो । यसबारे सर्लिन चोपडालाई पनि जानकारी छ,’ राज कुन्द्राका तर्फबाट जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।