November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

अष्ट्रियाका चान्सलर सेबास्टियन कुर्जले पदबाट राजिनामा दिएका छन्

4.9K

Advertisement

भ्रष्टाचारको आरोप लागेसंगै अष्ट्रियाका सरकार प्रमुख चान्सलर सेबास्टियन कुर्जले पदबाट आज शनिवार साँझ राजिनामा दिएका छन्।
गत बुधबार अष्ट्रियाका भ्रष्टाचार अनुसन्धान अधिकारीहरुले चान्सलर कुर्जको कार्यालय र उनको पार्टी कार्यालयमा छापा मारेको थियो।
कुर्ज र उनका पार्टी निकटहरुले सरकारी ढुकुटीको दुरुपयोग गर्दै चुनावको समयमा मतदाता र मुलधारका मिडियाहरुलाई आफ्नो अनुकुल समाचार सम्प्रेषणको निम्ति खरिद गरेको आरोप लागेको छ।
कुर्जले राजिनामा दिनुपूर्व कार्यबाहक चान्सलरको जिम्मेवारी परराष्ट्रमन्त्रि अलेग्जान्डर सालेन्वर्गलाई सुम्पेका छन्।

1137533819