November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

विश्व एड्स दिवशको अवसरमा दिप प्रज्वलन

1.6K

विराटनगर । विश्व एड्स दिवशको अवसरमा दिप प्रज्वलन गरिएको छ । अन्तराष्ट्रिय लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत बिहीबार झापाको भन्सार गेटअगाडि दीप प्रज्वलन गरिएको हो ।

प्रहरीका अनुसार साँझ ५ बजेको समयमा झापा मेचिनगर नगरपालिका ६ स्थित भन्सार गेट अगाडि अन्तराष्ट्रिय रुपमा प्रत्येक बर्ष मनाउने गरिएको लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत विश्व एड्स दिवशको अवसरमा ईप्रका काँकरभिट्टा र माईती नेपालको सयुक्त आयोजनामा दीप प्रज्वलन कार्यक्रम गरिएको हो ।

कार्यक्रम वडा नं.६ का वडाध्यक्ष ललित बहादुर तामाङको प्रमुख आतिथ्यमा इप्रका काँकरभिट्टाका कार्यालय प्रमुख प्रनाउ दिपक भारतीको कमाण्डमा खटिएको प्रहरी टोली,सशस्त्र प्रहरी वल प्रस्तावित गुल्म काँकरभिट्टाका कार्यालय प्रमुख प्रनाउ रोहित घिमिरे, विश्वसेवा विस्तार नेपाल,आफन्त नेपाल,शाहसी नेपाल र स्थानिय लगायत गरी अं. ५५/६० जनाको उपस्थिति रहेको थियो ।

Advertisement