April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

देशभरका कारागारमा विपश्यना ध्यान शिविर सञ्चालन गरिने

1.2K

काठमाडौं । गृह मन्त्रालयले देशभरका कारागारमा विपश्यना ध्यान शिविर सञ्चालन गर्ने भएको छ ।सोमबार गृह मन्त्रालयमा बसेको बैठकले एकमहिना भित्रै नक्खु कारागारमा हुने दश दिवसीय शिविरपछि अरु कारागारमा पनि त्यही स्वरुपको शिविर आयोजना गर्ने निर्णय गरेको हो।

बैठकमा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, गृहसचिव दिनेश भट्टराई, कारागार व्यवस्थापन विभागका महानिर्देशक काशीराज दाहाल, नेपाल विपश्यना केन्द्रका क्षेत्रीय आचार्य रुप ज्योति, सहायक आचार्य पवन मित्तल, पूर्व प्रहरी महानिरीक्षक एवम् विपश्यना साधक कुबेरसिंह राना लगयतको सहभागिता रहेको थियो ।

नेपाल विपश्यना केन्द्रकै व्यवस्थापनमा शिविर सञ्चालन हुनेछ । व्यवस्थापन अवस्थाअनुसार एकपटकमा ६०-७० जनाले योग्याभ्यास गर्नेछन् । पटकपटक शिविर सञ्चालन गरी सबैलाई विपश्यना ध्यान-योग गराइने छ।

Advertisement

यसअघि नक्खु भिमफेदी, परासी र विराटनगर कारागारमा पहिलो चरणको शिविर सम्पन्न भईसकेको छ।

केन्द्रीय कारागारसहित देशमा ७४ वटा कारागार छन् ।