November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

सुदूरपश्चिममा पुनः देखियो कोरोना भाइरसको सङ्क्रमण

2.4K

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा पुनः कोरोना भाइरसको सङ्क्रमण देखिन थालेको छ । भारतबाट भित्रिने नागरिकको सीमा नाकामा गरिएको एन्टिजेन परीक्षणबाट पछिल्लो हप्तामा आठजनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको हो।

गौरीफन्टा सीमा नाकास्थित हेल्थ डेस्कका अहेव गणेश साउदका अनुसार सङ्क्रमित चारको नमूना थप परीक्षणका लागि प्रदेशको प्रयोगशालामार्फत काठमाडौं पठाइएको र चार सङ्क्रमितको नमूना आज पठाउने तयारी भइरहेको छ । उनले सङ्क्रमितमा कुन भेरियन्ट हो भनेर पत्ता लगाउन नमूनाको थप परीक्षण गर्न जरुरी भएको बताएका छन् ।

सीमा नाकामा सङ्क्रमित फेला पर्ने बिरामीलाई ‘होम आइसोलेसन’मा बस्न अथवा सिकिस्त बिरामीलाई अस्पताल जान सल्लाह दिइने र सम्बन्धित पालिकासँग पनि समन्वय गर्ने गरिएको साउदले बताए ।

Advertisement

कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएपछि विश्व स्वास्थ्य सङ्गठनले केही दिनअघि सचेत गराइएको पनि साउदले बताए ।