प्रिय गायक अरुण थापाको स्मृति
–जनक कार्की चारपाँच कक्षा पढ्दादेखि नै मलाई गीतसंगीतको भोक लागेको हो । इन्डियन क्यासेट प्लेयर (हामीहरू त्यसलाई डेक भन्थ्यौं), त्यसमा रिल भएको चक्कावाला क्यासेटमा गीतसंगीतको भोक मेटाउन थालिसकेको थिएँ । प्लाइबोर्डमा स्पीकर राखेर त्यसलाई बेस आवाजमा सुन्ने नभए घैँटोको मुखतर्फ स्पीकर राखेर सेटेरियो आवाज बनाएर संगीतको व्यञ्जन तयार गर्थेँ । त्यतिबेला क्यासेट किन्ने पैसाको अभाव...