January 21, 2025, Tuesday
२०८१ माघ ८
1:37:26 pm

गन्तब्य : तीजमा कुन मन्दिर जाने ?

2.6K

काठमाडौं । हरितालिका तीजमा बर्त बसेर महादेवका मन्दिरमा पूजा आराधाना गर्ने प्रचलन हिन्दु नारीहरुमा प्रचलित छ । शिवजीलाई खुशी पार्न सके चिताएको पुरा हुने विश्वासका साथ निरहार बर्त बसेर पुजा आराधना गर्ने प्रचलन छ । नेपालमा तीजकै अवसरमा भीडभाड हुने मन्दिरहरु दर्जनौं छन् । पुराना र चर्चित शिवालयहरुमा धेरैजसो महिलाहरुको भीड लाग्ने गर्छ । देशभरका मुख्यमुख्य स्थानमा चर्चित शिवालयहरु छन् । धार्मिक पर्यटनको गन्तव्य स्थलका रुपमा यी चर्चित शिवालयहरु सबैको रोजाइमा पर्ने गर्छ ।

पशुपतिनाथ

तीजका अवसरमा बर्त बसेर पशुपतिनाथ दर्शन गर्ने नारीहरुको संख्या सबैभन्दा धेरै हुने गर्छ । पशुपतिनाथ धार्मिक हिसाबले महत्वपूर्ण र ठूलो शक्तिपिठका रुपमा लिने गरिन्छ । ऐतिहासिक प्राचिनतम मन्दिर भएकाले सबै समुदायका मानिसहरुले पशुपतिनाथलाई समान आस्था र श्रद्धाका रुपमा हेर्ने गर्छन । यहाँ तीजकै लागि भनेर चारैतिरका ढोकाबाट दर्शनका लागी प्रबन्ध मिलाउने गरिन्छ । हरितालिका तीजको बर्त बसेर विहानै पशुपतिनाथमा गएर दर्शन गर्ने प्रचलन छ ।

Advertisement

हलेसी महादेव

खोटाङ जिल्लामा रहेको हलेसी महादेवको मन्दिर पूर्वाञ्चलको चर्चित धार्मिक स्थल हो । यहाँ हरितालिका तीजका बेला हिन्दु महिलाहरुको अत्याधिक भीड लाग्ने गर्छ । सदरमुकाम दिक्तेलदेखि नौं कोष पश्चिममा रहेको हलेसी ४ हजार ७ सय ३६ मिटर उचाइमा रहेको छ । यो मन्दिरमा अनौठो प्राकृतिक आकारको शिला साथै वसाहा र भैरवका गुफाहरु पनि रहेका छन् । बौद्ध तथा हिन्दु र किराँतहरुले हलेसी महादेवलाई विशेष पुजाआरधना गर्ने गर्छन । लामिडाडा विमान स्थलमार्फत वापूर्व–पश्चिम राजमार्गको मिर्चैया–कटारी हुँदै हलेसी पुग्न सकिन्छ । पूर्वको पशुपतिनाथ मानिएको हलेसीमा तीजका अवसरमा पुजा आरधना गर्न धेरै भक्तजनहरुको भीड लाग्ने गर्छ ।

कुशेश्वर

सिन्धुली सदरमुकामबाट उत्तर–पश्चिममा रहेको कुशेश्वर महादेव तीज पर्वका अवसरमा भीडभाड हुने गर्दछ । सुनकोशी र रोशीको खोलाको दोभानमा अवस्थित यो मन्दिर काठमाडौंबाट ८३ किलोमिटर टाडा रहेको छ । विश्वभर छरिहएर रहेका ६४ शिव लिङ्गमध्ये आदिलिङ्गकुशेश्वर रहेको विश्वास रहेको पाइन्छ । यस मन्दिरलाई हिन्दु नारीहरुले विशेष धार्मिक गन्तव्य स्थलमा रुपमा लिने गर्छन र हरितालिका चाडका अवसरमा विशेष पुजा आरधना गर्ने गर्छन ।

गोकर्णेश्वरः

काठमाडौं भित्रैपर्ने पशुपतिनाथ पछिको चर्चित धार्मिक स्थल गोकर्णको गोकर्णेश्वर मन्दिरमा पनि तीजका बेला महिलाहरुको विशेष भीड लाग्ने गर्छ । काठमाडौंबाट करिब २० किलोमिटर टाढा रहेको गोकर्णेश्वर वागमतीको किनारमै रहेको छ । यहाँ पुग्न साँखु जाने सडक अर्थात सुन्दरीजल जाने बाटो भएर पुग्न सकिन्छ । शिवजीका ६४ शिवलिङ्गमध्ये यहाँ एक लिङ्ग रहेको विश्वास लिइन्छ । यहाँतीजका वेला हिन्दु मात्र नभइ बौद्ध धर्मावलम्बीहरुको उत्तिकै भीड लाग्ने गर्छ ।

जलेश्वर

नेपालको तराई क्षेत्रमा प्रसिद्ध जलेश्लरमा तीजका अवसरमा भिडभाड हुने गर्दछ । महोत्त्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा रहेको जलेश्वरको मन्दिर तराई प्रसिद्ध शिवालय हो । बा-हैमास पानी उम्रिरहने मन्दिर भित्रको शिवलिङ्गको दर्शन गर्नका लागी यो मन्दिरमा भिड लाग्ने गर्दछ । तीजका बेला यो मन्दिरमा तराइ क्षेत्रका दर्जन जिल्लाका भक्तजनहरु पुग्ने गर्दछन् ।

कुम्भेश्वर

ललितपुरको प्रख्यात कुम्भेश्वर मन्दिर पनि तीजको उचित गन्तव्य स्थल हो । हरितालिका तीजका अवसरमा बर्त बसेका महिलाहरु कुम्भेश्वरमा गएर पुजा आरधाना गर्ने गर्छन । नेपालका दुई पाँचतले मन्दिर मध्ये कुम्भेश्वर एक हो यहाँको पोखरीमा रहेको पानी गोसाइकुण्डको पानी हो भन्ने विश्वास गरिन्छ । यहाँ तीज पर्वका अवसरमा विशेष भिड लाग्ने गर्दछ ।

कैलाशनाथ महादेव

भक्तपुर र काभ्रेपलाञ्चोकको सिमानामा रहेको कैलाशनाथ महादेवको मन्दिर पनि तीजको प्रमुख गन्तव्य हो । १ सय ४३ फिटको शिवको मुर्ति रहेको उक्त स्थानमा तीजको बेला विशेष भिड लाग्ने गर्छ । अरनिको राजमार्ग हुँदै पुग्न सकिने कैलाशनाथलाई काभ्रेको साँगामा पर्दछ । यही मन्दिरबाट ६ किलोमिटर हिडेर पुगिने आसापुरी महादेवको मन्दिर पनि चर्चित मानिन्छ ।
ऋषेश्वर मन्दिर

हिन्दु नारीहरुले ऋषि पञ्चमीको दिनलाई तीज पर्वको अन्तिम दिन मान्छन् । तीजका अघिल्ला दिनमा अन्य मन्दिरमा गएर पुजा गर्ने नारीहरु ऋषि पञ्चमीका दिन ऋषेश्वर मन्दिरमा पुग्ने गर्छन । काठमाडौंको टेकुमा रहेको ऐतिहाँसिक ऋषेश्वर मन्दिरमा पुगेर पुजाआरधना गर्दा रजश्वला हुँदा जानी नजानी गरिएका गल्तीहरुको पाप पखाल्न यो मन्दिरमा पुग्ने पाइन्छ । जानी नजानी रजश्वला भएका बेलामा छोइछिटो गरिएको साथै सम्पर्कजन्य दोषबाट मुक्ती दिलाउन भनी ऋषिपञ्चमीको ब्रत बसेकाहरु यही मन्दिरमा पुगेर दर्शन गरे पापमुक्त हुने विश्वास रहेको पाइन्छ । यो मन्दिरमा विवाहिताहरुले चुरा धागो, सिन्दुर, पोते चढाउने गर्दछन् ।
बागेश्वरी

बाँकेको नेपालगन्जमा रहेको बागेश्वरी मन्दिर तीजको अब्बल गन्तब्य हो । ठूलो तलाउको किनारमा रहेको यो मन्दिरमा सर्वप्रथम किन्नरगणहरूले पूजा आराधना गरेको मानिन्छ । हरितालिका तीजका अवसरमा यहाँ ब्रतालुहरुको भीड लाग्ने गर्छ । दुर्गानवमी, रामनवमी, फागुन पूर्णिमा, शिवरात्रिका बेला पनि यहाँ विशेष भीड लाग्ने गर्छ । मन्दिरको अगाडी कुण्डको बीचमा जुगाँधारी महादेवको मूर्ति राखिएको छ ।

पीण्डेश्वर
साउनमा बोलबमका लागि प्रख्यात धरानको पीण्डेश्वर तीजमा पनि उत्तिकै भीड लाग्ने गर्छ । धरान बजारबाट नजिकै रहेको पीण्डेश्वरको बेग्लै पौराणीक महत्व रहेको पाइन्छ । पौराणिक कथा अनुसार मन्दिरमा शिवजीको पीण्ड रहेका कारण मन्दिरको नाम पीण्डेश्वरी रहेको हो । पौराणिक कथाअनुसार शिवजीको आँसुबाट पीण्डेश्वर मन्दिरमा रुद्राक्ष उत्पन्न भएको उल्लेख भएकाले जल चढाउन आउने भक्तालुहरू रुद्राक्ष किनेर लाने गरेका छन् ।-Photo:buddhaair.com