लन्डन । बेलायतकी महारानी एलिजावेथ द्वितीयाको निधनले यतिबेला विश्व शोकका छ । विश्वकै लागि निकै आश्चर्य लाग्ने उनको जीवन, स्वाभाव, व्यवहार र कार्यशैलीको चौतर्फी चर्चा चलिरहेको छ । संभवत विश्वकै सबैभन्दा धेरै समय करिब सात दशक बेलायतको महारानी हुने उनको मृत्युसँगै व्रिटिस राज परिवारमा सन्नाट छाएको छ ।
लोकतन्त्रको जननी मानिने विश्वकै समृद्ध मुलुक बेलायतमा उनको निधनले नेपाल र नेपाली पनि शोकमग्न छन् । दुई पटक नेपाल भ्रमण गरेकी उनीसँग नेपालीको भावनात्मक साइनो गाँसिएको छ । एलिजावेथप्रति विश्वका नेताहरुले खुलेर प्रशंसा गर्दै समवेदना प्रकट गरिरहेका छन ।
बेलायतमै भर्खरै मात्र प्रधानमन्त्रीमा नियक्त भइएकी लिज ट्रसले महारानीलाई महान् नेता बताएकी छन् । फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोले ‘एक दयालु रानी’को संज्ञा दिएका छन्। अमेरिकी राष्ट्रपति जो बाइडेनले महारानीको तीक्ष्णता, करुणाभाव र उदारताको प्रशंसा गरेका छन् । द नेदरल्यान्डस्का राजा विलियम अलेक्जेन्डर, बेल्जियमका राजा फिलिपले एलिजाबेथलाई उदार व्यक्ति भनेर व्याख्या गरेका छन् । उनको कार्याकालमा विश्वमा थुप्रै घट्नाहरु घटे तर उनको दारताको प्रशंसा हुन छाडेको छैन ।
–बेलायतको डार्टमथको रोयल नोबेल कलेजमा अध्ययन गरिरहनु भएका फिलिपसंग सन् १९४४ मा १३ बर्षको उमेरमै एलिजावेथको प्रेम सम्बन्ध गाँसिएको थियो ।
–सन् १९४७ नोभेम्बर २० मा बिबाह बन्धनमा बाधिएपछि प्रिन्स फिलिपलाई ड्युक अफ एडिबराको उपाधि मिलेको थियो ।
–सन् १९३६ अप्रील २१ मा ठूलो बुवा एडवर्ड अष्टम्ले दुईपटक पूर्वपत्नीहरूसँग छोडपत्र गरेकी अमेरिकी महिला वालिस सिम्पसनसँग विवाह गर्न राजगद्दी त्यागेपछि उनका पिता जर्ज राजा बनेसंगै १० वर्षकी लिलिबेट अर्थात एलिजावेथ राज उत्तराधिकारी बनेकी थिइन ।
–एलिजाबेथ शासनकालमा बेलायमा १५ प्रधानमन्त्री भएका थिए । सन् १८७४ मा जन्मेका विन्स्टन चर्चीलदेखि त्यसको शताब्दीपछि सन् १९७५ मा जन्मेकी हालकी प्रधानमन्त्री लिज ट्रससम्म हुन् । उनको कार्याकालमा १४ अमेरिकी राष्ट्रपति परिवर्तन भएका थिए ।
-एलिजाबेथ द्वितीयाले १९६१ मार्चमा पहिलोपटक नेपाल भ्रमण गरेकी थिइन । त्यसको २५ वर्षपछि सन् १९८६ मा उनी पुनः दोस्रोपटक नेपाल आएकी थिइन ।
-विश्वयुद्धमा सेवा पुर्याएका ब्रिटिस गोर्खाली योद्धाहरूसँग एलिजाबेथ निकै खुशी थिइन । करिब दुई लाखभन्दा बढी नेपाली सेनाले विश्वयुद्धमा बेलायती सेनाका तर्फबाट लडेका कारण महारानीले गोर्खालीको वीरताको प्रशंसा गर्ने गर्थिन । ‘गोर्खासँग छु भन्ने यदि तिमीलाई थाहा छ भने मलाई लाग्छ कि त्योभन्दा सुरक्षित ठाउँ अन्त कतै छैन’ भन्ने उनको भनाइ गोर्खाहरुमाझ लोकप्रिय छ ।
–एलिजाबेथले आफनो जीवनकालमा बिद्यालय समेत नगई राजमहलमै शिक्षादिक्षा हासिल गरेकी थिइन ।
-एलिजाबेथले ६ बर्षका उमेरमा नै घोडसवारको कला सिक्दा बेलायतका पुर्व प्रधानमन्त्री विंस्टन चर्चिल प्रभावित भइ भनेका थिए– कुनै दिन एलिजाबेथले बेलायतको राजगद्दीमा दशकौं राज गर्नेछिन् ।’ नभन्दै उनले सात दशक राज गरेकी थिइन ।
-एलिजाबेथको जीवनकालमा सन् १९९७ साल निकै नै दुखदायीपुर्ण भएको थियो । सोही वर्ष राजकुमार चाल्र्स र राजकुमारी डायनाबीचको सम्बन्ध बिच्छेद अनि सोही सालमा डायनाको निधन भएको थियो । त्यसबेला उनी गहिरो दुःखमा परेकी थिइन ।
-राजगद्दी सम्हालेको ७० वर्ष लामो अवधिमा एलिजावेथका फरक–फरक तस्बिर अंकित गरी ५ पटक मुद्रा छापिएको छ । पहिलो पटक स्कटिस र नर्दन आइरिस बैंकले एक पाउन्डको नोटमा उनको तस्बिर राखिएको थियो भने अहिले ८० अर्ब पाउन्ड बराबरका करिब ४ अर्ब ५० करोड थान नोट बजारमा छन् ।
-महारानीले करिब १२० देशको भ्रमण गरेकी छन् । संसारकै सबैभन्दा धेरै यात्रा गर्ने राष्ट्राध्यक्षको कीर्तिमान उनीसँग छ । र सबैभन्दा धेरै फोटो खिचाउने महारानीको नाम उनको हो । उन
-महारानीले करिब १२० देशको भ्रमण गरेकी छन् । संसारकै सबैभन्दा धेरै यात्रा गर्ने राष्ट्राध्यक्षको कीर्तिमान उनीसँग छ । र सबैभन्दा धेरै फोटो खिचाउने महारानीको नाम उनको हो । उन १६ लाख किलोमिटरभन्दा बढी यात्रा गरिसकेकी छन् ।
-बाल्यकालमा अधिकांश समय घोडा र कुकुरहररुसँग खेलेर एलिजाबेथ समय वित्ने गरेको थियो । छ वर्षको उमेरमा उनले आफ्ना घोडा प्रशिक्षकलाई आफू थुप्रै घोडा र कुकुर भएकी ‘कन्ट्री लेडी’ बन्न चाहेको बताएकी थिइन्।
-एलिजाबेथ विश्वको जुनसुकै महंगा कार राख्ने हैसियत राख्थिन र उनीसँग १० मिलियन पाउण्डभन्दा धेरै मूल्य बराबरको कार थिए ।