बेलायती अध्ययनका अनुसार कोरोनाको नयाँ स्वरूप ७० प्रतिशत प्राणघातक
काठमाडौं – बेलायतमा भेटिएको कोरोना भाइरसको नयाँ स्वरूप अहिले विश्वका धेरै मुलुकहरूमा फैलिसकेको छ । यस्तो अवस्थामा बेलायती एक सरकारी अध्ययन टोलीले गरेको अध्ययनले यो भाइरस पुरानो भन्दा बढी प्राणघातक हुनसक्ने देखिएको छ । नेपालमा समेत बेलायती स्वरूपको कोरोना भाइरसबाट संक्रमण पुष्टि भइसकेको छ । बेलायत सरकारका वैज्ञानिक सल्लाहकारहरूको समूह(एनईआरभीटिएजी)ले नयाँ स्वरूपको भाइरस पुरानो भन्दा...