April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

प्रजातान्त्रिक व्यवस्था प्राप्तिको श्रेय भूपू गोर्खाहरुलाई दिनु पर्छ– डा. सुमाया राई [भिडियो सहित]

२०७७ फाल्गुन १२

7.3K

लण्डन– नेपाली जनसम्पर्क समिति बेलायतकी केद्रीय सभा सदस्य डा. सुमाया राईले नेपाली प्रजातान्त्रिक ईतिहासमा भूपू गोर्खाहरुको भूमिका महत्वपूर्ण रहेको बताएकी छन् ।

७० औं प्रजातन्त्र दिवसको अवसरमा नेपाली जनसम्पर्क समिति बेलायतले जूम मार्फत आयोजना गरेको कार्यक्रममा डा. राईले नेपाली प्रजातान्त्रिक व्यवस्था प्राप्तिको श्रेय भूपू गोर्खाहरुलाई दिनु पर्नेमा जोड दिइन । कार्यक्रमलाई सम्बोधन गर्दै डा. राईले भनिन् “पूर्व गार्खाहरुको सहादता, विरता र साहशले मात्र प्रजातान्त्रिक क्रान्ति सम्भव थियो”।

यदि २००७ सालको प्रजातान्त्रिक क्रान्तिमा भूपू गोर्खाहरुको संलग्नता नरहेको भए नेपालको अहिलेको राजनैतिक व्यवस्था यो स्थिति सम्भव थिएन | उनले भने “नेपालको प्रजातान्त्रिक व्यवस्थाका लागि लडेका नारदमनी थुलुङ, राम प्रसाद राई, जीबी याक्थुङ्बा र मुगाधन राई जस्ता युग पुरुषहरुलाई इतिहासले कहिल्यै भूल्न नहुने बताइन् ।

Advertisement

नेपालमा प्रजातन्त्र स्थापनाका लागि वलिदान दिने अन्य व्यक्तिहरुको पनि खोजी गर्नु पर्नेमा जोड दिदै डा. राईले वि.स. २००७ सालको प्रजातान्त्रिक लडाइमा भूपू गोर्खाहरुले देखाएको साहसले गर्दा मात्र नेपाली जनताले स्वतन्त्रताको अधिकार पाएको बताइन् ।