November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

प्रवासी नेपाली एकता मंच बेलायतद्वारा सर्वोच्चको निर्णयको स्वागत

२०७७ फाल्गुन ११

4.1K

लण्डन– प्रतिनिधि सभा विघटनको विपक्षमा सर्वोच् अदालतले गरेको फैसलाको स्वागत गर्दै प्रवासी नेपाली एकता मंच बेलायतले प्रेस वक्तव्य जारी गरेको छ ।

मञ्चले वक्तव्य मार्फत प्रधानमन्त्री ओलीद्वारा सिफारिश प्रतिनिधि सभा विघटनको कदम असंवैधानिक र अलोकतान्त्रिक छ भनी विरोध गर्दै आएको थियो । जारी वक्तव्यमा भनिएको छ, ‘२०७७ पुष ५ गतेका दिन प्रधानमंत्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले विघटन गरेको प्रतिनिधि सभालाई आज ११ फागुन २०७७ का दिन सम्मानित सर्वोच्च अदालतले बदर गर्ने फैसला गरेको छ ।

आम नेपाली जनताको भावना, विधि र तथ्यहरुको आधारमा संविधानको मर्म अनुरुप विघटित प्रतिनिधि सभा पुनस्र्थापित हुने गरी सम्मानित सर्वोच्च अदालतले गरेको फैसलाको सम्मान गर्दै हार्दिक स्वागत गर्दछौं’ । अध्यक्ष राजेन्द्र पुडासैनी र सचिव सुरेश गौतमद्वारा हस्ताक्षरित वक्तव्यमा असंवैधानिक काम गर्ने प्रधानमंत्री ओलीलाई नैतिकताको आधारमा तत्काल आफ्नो पदबाट राजीनामा दिन समेत मञ्चले माग गरेको छ ।

Advertisement

साथै वक्तव्य मार्फत मञ्चले प्रधानमन्त्रीको उक्त कदम प्रतिगमनकारी भएको जनाएको छ । त्यसलाई सच्याउन मञ्चले चलाएको दवाव अभियानमा सघाउने देश भित्र र बाहिरका सबै साथीहरुलाई धन्यवाद समेत ज्ञापन गरेको छ ।

मञ्चद्धारा आज जारी वक्क्तव्यः