बेलायत र इयुबीच ‘पोस्ट ब्रेग्जिट ट्रेड डील’
लण्डन–लामो समयसम्मको गतिरोध र असहमतिपछि अन्ततः बेलायत र युरोपेली संघबीच ‘पोस्ट ब्रेग्जिट ट्रेड डील’ भएको छ। १० डाउनिङ स्ट्रीटमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री बोरिस जोन्सनले आफ्नै कानुन र भाग्यलाई आफ्नै हातमा लिन सफल भएको बताए। बे्रग्जिटपछि इयु र बेलायतबीच भएको यो व्यापार सम्झौताको विस्तृत विवरण सार्वजनिक नभए पनि जोन्सनले पूरै युरोपको पक्षमा सम्झौता भएको बताए।...