‘भिजिट भिसा’मा खाडी मुलुक जानेहरूको समस्या समाधानका लागि समिति गठन
काठमाडौँ — नेपाली युवाहरू ‘भिजिट भिसा’ प्रयोग गरी दुबईलगायत खाडी मुलुकमा गई भोग्नु परेका कठिनाई र समस्या समाधानका लागि गृह मन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेलको संयोजकत्वमा सात सदस्यीय समिति गठन भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विभिन्न निकायको समन्वयात्मक परिचालन र व्यवस्थापनबारे सरोकारवाला निकायबीच छलफलबाट समिति गठन भएको हो । गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा श्रम रोजगार तथा सामाजिक...