April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

खाडी मुलुकमा कोरोनाकाे नयाँ भेरियन्ट ओमिक्रोन संक्रमित बढ्दै, नेपालीहरूलाइ सावधानी अपनाउन आग्रह

2.5K

काठमाडाैं । नेपाली कामदार रहेको खाडीमाको विभिन्न देशमा कोरोना र नयाँ भेरियन्ट ओमिक्रोन संक्रमितको संख्या बढ्दै गएको छ । संक्रमितको संख्या बढ्दै गएपछि नेपाली कामदारहरूको गन्तव्य रहेका मध्यपूर्वका देशहरूमा पुनः कडाइ गरिएको छ । कुवेत,साउदी अरब, युएइ तथा कतारले उच्च सतर्कता अपनाउँदै ति देशका नागरिक तथा प्रवासीहरूलाइ कोरोना बिरूद्धको बुष्टर शट लगाउन, मास्कको प्रयोग साथै सामाजिक दुरी कायम गर्न तथा भेला जम्मा हुन प्रतिवन्ध लगाउने जस्ता स्वास्थ्य मापदण्ड पालना गराउन कडाइ गरिएको छ ।

कुवेतमा अक्टोबर अन्तिम साताबाट कोरोनाको डरबाट मुक्त हुन कुवेतले आफूलाइ ‘मास्क फ्रि’ घोषणा गरिएपनि पुनः कोरोनाका संक्रमित बढन थालेपछि कुवेतले केही नयाँ नियम ल्याएको छ । कुवेत सरकारले जनवरी ९ गतेदेखि फेब्रुवरी २८ गतेसम्म सार्वजनिक स्थान, मल तथा होटेलभित्र हुनेसबै प्रकारका भेला गर्न प्रतिबन्ध लगाउने निर्णय गरि सकेको छ । साथै तेस्रो चरणको बुस्टर डोजका लागि ५० वर्ष माथिका नागरिकर आप्रवासीहरूका लागि सिधै खोप केन्द्रमा गएर खोप लगाउन पाउने तथा त्योभन्दा कम उमेर समूहकाले त्योभन्दा कम उमेर समूहकाले अनलाइनबाट स्विकृति लिनुपर्ने नियम ल्याएको छ ।

कुवेत भित्रिने हरेक यात्रुहरूले ७२ घण्टा अगाडि कोरोना परीक्षण गराउन अनिवार्य गरिएको छ । कुवेत भित्रिने हरेक यात्रुहरूले १० दिन होम क्वारेन्टिन बस्नुपर्ने छ भने पिसीआर रिपोर्ट नेगिटिभ आए ३ दिन बसे पुग्ने नियम रहेको छ । उता साउदी अरेबियामा अक्टोबर १७ तारिखबाट ‘मास्क फ्रि’ घोषणा गरे पनि डिसेम्बर ३० तारिखबाट अनिवार्य रूपमा फेरि मास्क लगाउने नियम फेरी ल्याएको छ। त्यसैगरी एक व्यक्तिबाट अर्को व्यक्तिले कम्तिमा १.५ मिटरको भौतिक दूरी कायम गर्नुपर्ने नियम लागू गरिएको छ ।साउदी अरबले बुस्टर डोजका लागि सबै नागरिक र आप्रवासीहरूलाई अनुरोध गरेको छ ।

Advertisement

यूनाइटेड अरब इमिरेट्स (यूएई)ले अबुधावी प्रवेश गर्नका लागि नयाँ नियम ल्याएको छ । अब अबुधावी प्रवेशकर्ताको अल हुसेन मोबाइल एप्समा ग्रिन सिग्नल आउनुपर्ने भएको छ । मास्क नलगाई बाहिर निस्कनेलाई तीन हजार दिराम सम्म जरिवाना तोकिएको छ ।

नागरिक र आप्रवासीहरूका लागी सिधै खोप केन्द्रमा जान यूएईले आह्वान गरेको छ। कतारले पनि कोरोना तथा ओमिक्रोनका संक्रमितहरूको संख्या बढ्न थालेपछि अनिवार्य रूपमा फेस मास्क लगाउनुपर्ने नियम ल्याएको छ । बुस्टर डोज खोपको लागि कतारमा पनि सिधै गैर लगाउने पाईने ब्यबस्था गरिएको छ।

नेपाली दूतावास कुवेतले सुचना जारि गर्दै बढ्दो संक्रमणबाट जोगिन स्थानीय सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा सम्बन्धी निर्देशन, प्रोटोकल एवं पूर्वसावधानीका उपायहरूको पूर्ण परिपालना गरी उच्च स्वास्थ्य सुरक्षा एवं सतर्कता अपनाउनु हुन यस दूतावास कुवेतस्थित नेपाली समुदायलाई हार्दिक अनुरोध गरिएको छ ।