बेलायतमा रोजगारीका लागि नेपाली नर्स लैजान सम्झौता, तलब बेलायती नागरिक सरह
काठमाडौं । बेलायतमा रोजगारीका लागि नेपाली नर्स लैजानको लागि दुइ देशबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ। सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सम्झौतामा हस्ताक्षर भएको हो। मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा श्रम सचिव एकनारायण अर्याल र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले सो समझदारीपत्रमा हस्ताक्षर गरेका छन्। समझदारीअनुसार नेपालका स्वास्थ्य क्षेत्रका जनशक्तिले बेलायतमा रोजगारीका अवसर प्राप्त...