April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

कालिका दुग्ध उत्पादनको आफ्नै भवन बन्दै, कांग्रेस बागमती प्रदेश सभापतिद्धारा शिलान्यास

2.6K

हेटौंडा । कालिका दुग्ध उत्पादक सहकारी संस्था हेटौंडा १८ फुर्केचौरको नब निर्मित भवनको नेपाली कांग्रेस बागमती प्रदेश सभापति एबं पुर्ब गृह राज्यमन्त्री मा.ईन्द्र बहादुर बानियाँबाट सोमबार शिलान्यास भएको छ ।

उक्त कार्यक्रममा विशेष अतिथिमा हेटौंडा १८ का वडा अध्यक्ष अनिक कुमार बानियाँ थिए भने उक्त दुग्ध शहकारिमा २१७ जना दुग्ध उत्पादक कृषकहरुले आफुले उत्पादन गरेको दुग्ध बिक्री गर्दै आइरहेका छन् ।

आफ्नै भवन भएपछि कृषकहरुलाई चाहिने सबै कुराहरु सुविधा दिने उद्देश्यले ६ वटा सटर सहित हल निर्माण गर्ने संस्थाको योजना रहेको छ । वडाले उक्त भवन निर्माणको लागि १८ वडाबाट ५ लाख रुपियाँ विनियोजन समेत भएको छ ।

Advertisement

भवन सम्पन्न गर्न प्रदेश सरकारबाट आवश्यक बजेट व्यवस्था गर्ने प्रमुख अतिथि बानियाँले सिल्यान्यास कार्यक्रममा बचन दिएका छन् ।
भवन निर्माण सम्पन्न गर्नका लागि प्राविधिक खर्च लगभग ६० लाख लाग्ने संस्थाको अध्यक्ष शैलेन्द्र राज बानियाँले बताए ।