April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

अल्डरसटमा रहेको ‘न्यू लक्ष्मी ज्वेलर्स’ को पुनः सुभारम्भ

3.3K

लण्डन । अल्डरसटमा रहेको ‘न्यू लक्ष्मी ज्वेलर्स’ सुन पसलको १०औं वर्षको अवसर उद्घाटन भएको छ । लक्ष्मी राईद्धारा संचालित न्यू लक्ष्मी ज्वेलर्सको सुक्रबार एक भब्य कार्यक्रमकाबीच उद्घाटन गरिएको हो ।

गत डिसेम्वरको दोस्रो साता लुटपाटको प्रयास भएपछी उक्त सुन पसल बन्द थियो । लुटेराको समुहले तोडफोड गरेपछी मर्मतसंभार पश्चात संचालनमा ल्याइएको ‘न्यू लक्ष्मी ज्वेलर्स’ को सोही क्षेत्रका सांसद समेत रहेका बेलायतका भेट्रान मन्त्री लियो डोकोर्टीले सुभारम्भ गरेका हुन् ।

उद्धटनको क्रममा बोल्दै मन्त्री डोकोर्टीले सुन पसल संचालन भएपछी आफू खुशी भएको बताए । उनले आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन सजग रहनुपर्ने धारणा व्यक्त गरे । व्यवसाय गर्दा आईपर्ने चुनौतीको सामना गर्न उच्च मनोबल कायम राख्न आग्रह गर्दै उनले कुनै समस्या आए सहयोग गर्न तयार रहेको बताए । उक्त लुटपाट प्रयासको घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Advertisement

त्यस्तै, कार्यक्रममा काउन्सिलर डेभिड क्लिफोर्डले पनि सुन पसल संचालन भएपछी आफू खुशी भएको बताए ।

ज्वेलर्स संचालक लक्ष्मी राईले मर्मतका लागि झण्डै ५० हजार पाउण्ड खर्च भएको बताइन् । साथै उनले यस प्रकारका घटना दोहोरिन नदिन सावधानी अपनाउन समेत अन्य व्यावसायीलाई आग्रह गरिन् । कार्यक्रममा उनले उपस्थित सबैलाई स्वागत एवम धन्यवाद ज्ञापन गरेकी थिईन्

काउन्सिलर जीव बेल्वासेले यस घटनाबाट सबैले पाठ सिक्नु पर्ने र आफ्नो पसल ब्यवशाय सुरक्षित बनाउने तर्फ ध्यान दिनु पर्ने बताए ।कार्यक्रममा एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा मगरले बेलायतमा नेपाली व्यवसायीहरुलाई परेको समस्या सम्वोधन गर्न आफु सधै लागिपर्ने बताए ।

उद्घघाटनका अवसरमा काउन्सिलर डेभिड क्लिफोर्ड, काउन्टी काउन्सिलर बिल वीदर्स कालुम ,स्टेवार्ट नाडिया, मार्टिन रसमोर बरो काउन्सिलका उपप्रमुख कार्यकारी आयान ह्यारिसन, जेम्स डुगिन, बरिष्ठ सामाजसेवी म्यारी ह्याट्ले. दुर्गा थापा लगायत बिभिन्न पेशा र ब्यवसायमा आबध्द ब्यक्तिहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा न्यु लक्ष्मी ज्वेलर्स कम्पनीका म्यानेजर विक्की पराजुली लगायत कम्पनी परिवारले कार्यक्रममा सहभागी अतिथिहरुलाई स्वागत गरेका थिए ।